SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०५:४२ AM · 1 मिनेट पढाइ

जेनजी युवाहरुले गरे अख्तियार प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन

काठमान्डौ, २१ असोज । जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा उनीहरुको प्रदर्शन भएको हो । प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको थियो ।