SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०८:०० AM · 1 मिनेट पढाइ

प्रहरी अधिकारीको गम्भीर चेतावनी : नक्कली प्रहरीले गोली चलायो भने दोष कसलाई ?

काठमाडौँ । वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी समूहको सडक प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै गृहमन्त्रीलाई प्रदर्शन रोक्न पहल गर्न सुझाव दिएका छन् । जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी कार्यालयमा दबाब बढाएपछि सोमबार साँझ प्रहरी महानिरीक्षकसहितका वरिष्ठ अधिकारीहरू गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका थिए ।