SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०८:२४ AM · 1 मिनेट पढाइ

बाढीपहिरोबाट पीडितलाई सरकारले अस्थायी बसोबासको व्यवस्था मिलाउने

 काठमाडौँ, २१ असोज । सरकारले हालैको बाढी र पहिरोबाट घर गुमाएका नागरिकका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले उक्त निर्णयको जानकारी गराएको हो ।