SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

दशैंपछिको सेयर बजारमा ठूलो गिरावट, सबै सूचक घट्दा बजार कमजोर

 काठमाडौं, २१ असोज । दशैंपछि खुलेको सेयर बजारमा आज ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ५८.५५ अंक (२.१९ प्रतिशत) ले घटेर २६०४ अंकमा सीमित भएको छ । आज कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । समग्रमा १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने एउटाको मूल्य स्थिर छ ।