SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ १०:३६ AM · 1 मिनेट पढाइ

गजेन्द्र ठाकुर सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा नियुक्त

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा गजेन्द्र ठाकुर नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा १८ महिनादेखि प्रवक्ताको रूपमा कार्यरत सहसचिव ठाकुरलाई असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयअन्तर्गत सरुवा गरेको थियो । त्यसअघि उनी उद्योग मन्त्रालयमा कार्यरत थिए भने त्यसअघि नै उनी सम्पत्ति शुद्धीकरण विभागमै महानिर्देशक (डीजी)को जिम्मेवारीमा थिए ।