SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले आयोगमा बुझायो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै लगाइएको जाहेरी काठमाडौं प्रहरीले लिएर आयोगमा पठाएको छ । जेनजी आन्दोलनका घाइतेका परिवारले प्रहरी परिसर काठमाडौंले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा जाहेरी पठाएको जानकारी दिएका छन् ।