SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

बालेनको प्रष्टीकरण– आन्दोलनकारीको अवरोधले सिंहदवारमा तत्काल दमकल पु-याउन सकिएन

काठमाडौं । भदौ २४ गते देशव्यापीरुपमा भएको विध्वंसकारी घटनाहरुमा आरोपित गरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले करिब एक महिनापछि मुख खोलेका छन् । काठमाडौंका महत्वपूर्ण सम्पदाहरु जलिरहँदा महानगरको दमकल नपठाएको आरोप अस्वीकार गर्दै उनले फेसबुकमा लामो प्रष्टीकरण लेखेका हुन् । बालेनले आन्दोलनकारीको अवरोधका कारण सिंहदरबारमा समयमै दमकल पठाउन नसकेको बताएका छन् ।