SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

बालबालिकाको ज्यान लिने खोकीको औषधिबारे सरकारको चेतावनी

काठमाडौँ । भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएका घटनाहरू सार्वजनिक भएपछि नेपाल औषधि व्यवस्था विभागले उत्पादक, वितरक, चिकित्सक र उपभोक्तालाई गम्भीर हुन निर्देशन दिएको छ। विभागले बालबालिकाको ज्यान लिने खतरा रहेका ‘कोल्ड्रिफ कफ सिरप’ लगायतका खोकीका औषधिबारे विशेष सावधानी अपनाउन आग्रह गरेको हो।