SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ १२:३९ AM · 1 मिनेट पढाइ

आईसीसी टी–२० विश्वकप छनोटमा आज नेपालले कुवेतसँग खेल्दै

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको छ ।