SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०३:०५ AM · 1 मिनेट पढाइ

महँगी नियन्त्रणमा ध्यान जाओस्

नेपालीहरूको सबैभन्दा ठुलो चाड विजयादशमी नेपालीहरूको घर आँगनबाट बिदा हुँदै गर्दा एकाएक उत्पन्न प्राकृतिक विपद्का कारण मुलुकले ठुलो क्षति बेहोरेको छ । अव विजयादशमीको समापनसँगै अर्को ठुलो उज्यालो पर्व तिहार आइपुगेको छ । यही बेला उत्पन्न प्राकृतिक विपद्का कारण मुलुकले ६० जना नागरिक गुमाएको छ । करोडौँ बराबरको धनमाल क्षति भएको छ । प्रभावित परिवार सरकारको राहतको प्रतीक्षामा छन् ।