SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०५:३८ AM · 1 मिनेट पढाइ

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

काठमाण्डौ – सुनको भाउले रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय थियो । आज एकै दिन तोलामा दुई हजार ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।