SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

साइबर ब्युरोले गर्यो महेश बस्नेतसँग सोधपुछ

काठमाडौँ, २२ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले सोधपुछ गरेको छ । साइबर अपराधसम्बन्धी मुद्दामा उनलाई बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा बोलाइएको हो । ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार विद्युतीय कारोबार ऐनअन्तर्गत शोभा पाठकले दर्ता गरेको जाहेरीबारे बयान लिन बस्नेतलाई उपस्थित हुन भनिएको थियो ।