म्यानमारमा धार्मिक उत्सवका बेला बम आक्रमण, २४ जनाको मृत्यु
काठमाडौं ।मध्य म्यानमारको एक धार्मिक उत्सवका क्रममा प्याराग्लाइडबाट बम खसालिँदा कम्तीमा २४ जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन् । जनरल डिफेन्स फोर्सका एक स्थानीय अधिकारीका अनुसार सोमबार साँझ चाउङ-यू टाउनशिपमा आयोजना गरिएको थाडिङयुत उत्सवमा करिब १०० जना सहभागी थिए । सोही क्रममा आकाशबाट प्याराग्लाइडमार्फत दुईवटा बम खसालिएको अधिकारीहरूले जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
