SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

बालेन शाह र सुदन गुरुङविरुद्ध अर्को उजुरी

 काठमाडौं ।काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी समूहका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीले अर्को उजुरी दर्ता गरेको छ । बुधबार युवराज पौडेल ‘सफल’ नाम गरेका व्यक्तिले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् । सुरुमा स्वयम् प्रहरी कार्यालय गएका सफलको उजुरी लिन प्रहरीले अस्वीकार गरेपछि उनले हुलाकमार्फत उजुरी पठाएका थिए ।