SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०९:३२ AM · 1 मिनेट पढाइ

आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी पाँचौं स्थानमा झरे

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० वरीयतामा एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन् । यसअघि उनी दोस्रो स्थानसम्म उक्लिएका थिए ।