SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ १०:२९ AM · 1 मिनेट पढाइ

कोशी प्रदेश सरकारले बाढी पहिरोपीडित सबै घर पुनर्निर्माण गर्ने

काठमाडौँ । कोशी प्रदेश सरकारले हालैको बाढी र पहिरोले भत्काएका वा बगाएका सबै घर पुनर्निर्माण गरिदिने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को आजको बैठकले पीडितका सबै घर निर्माण गर्ने निर्णय गरेको हो ।