SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

 काठमाडौं, २२ असोज । व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।