SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि सबै एआईजीको जिम्मेवारी हेरफेर, नयाँ चारैजना हेडक्वार्टरमा

काठमाडौँ । भदौ २३ गतेबाट सुरु भएको जेनजी आन्दोलनपछि नेपाल प्रहरीमा ब्यापक जिम्मेवारी हेरफेर भएको छ। हाल कार्यरत चार जना अतिरिक्त महानिरीक्षकको यही बीचमा जिम्मेवारी फेरबदल गरिएको छ। रिक्त चार पदमा पनि बढुवा सिफारिस भइसकेको छ। २३ गतेको घटना लगतै २४ गते एआईजी दानबहादुर कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो।