SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुँदै

काठमाडौँ । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गर्न लागेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो ।