SHARE
Samata Press · शुक्रबार​ १६ असो २०८३ ०४:१९ PM · 1 मिनेट पढाइ

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । भाषा आयोग ऐन, २०७४ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन कार्यवाहक अध्यक्ष न्यौपानेले शुक्रबार राष्ट्रपति पौडेलसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।