SHARE
पर्दाफास · शुक्रबार​ १६ असो २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको छ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो ।