भोटेकोशी–त्रिशूली विपद् अध्ययनमा विज्ञ टोलीलाई स्थायी रूपमा जोड्ने प्रस्ताव
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले विपद्को अध्ययन तथा आगामी नीति निर्माणका लागि विषयगत विज्ञता, अनुभव र प्राविधिक जनशक्तिलाई समितिसँग निरन्तर जोडेर लैजानुपर्ने बताएका छन् ।