राजेन्द्र राईको टिप्पणी– राजनीतिक इतिहास र संसदीय अनुभवको कमीले सरकार समस्यामा पर्यो
नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले वर्तमान सरकार राजनीतिक इतिहास, संसदीय अभ्यास र अनुभवको कमीका कारण समस्यामा परेको टिप्पणी गरेका छन् । बिहीवार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।