SHARE
पर्दाफास · बिहीबार १५ असो २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

नापी सर्वेक्षकविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौँका सर्वेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठको सेवा प्रवेशदेखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आम्दानी तथा खर्चको अनुसन्धान गरेको थियो।