करदाता प्रोत्साहन उपहार कार्यक्रम : बिल प्रविष्टिको अन्तिम दिन आज
आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपभोक्ताले खरिद बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्ने समय आज सकिँदै छ। विभागका अनुसार २०८३ असोज १ देखि १५ गतेसम्म नगद भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले आज (बिहीबार)सम्म खरिद बिलको विवरण प्रविष्ट गर्न सक्नेछन्।