उखु किसानको भुक्तानीमा ढिलाइबारे मन्त्रालय भन्छ- ‘अब एक दुई दिनमै समस्या हल हुन्छ’
बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशिघ्र किसानको खातामा रकम पठाउने तयारी गरेको जनाएको हो ।