फ्लाई दुबई विमानमा पाइलटबीच चक्कु हानाहान, भारतीय पाइलटले जोगाए १७४ यात्रुको ज्यान
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको ‘असाधारण साहस’को प्रशंसा गरेका छन् । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको एफजेड–१०७३ उडानमा ककपिटभित्र दुई पाइलटबीच विवाद हुँदा एक पाइलटले अर्कालाई छुरा प्रहार गरेको र विमान दुर्घटनातर्फ लैजान खोजेको आरोप लगाइएको छ ।