SHARE
Samata Press · बिहीबार १५ असो २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

‘देहेडूः अलौकिक ऊर्जा’ लोकार्पण, कालिकोटको मौलिक संस्कृति र इतिहास उजागर

काठमाडौँ । कालिकोटको पचालझरना गाउँपालिका–स्थित बाँझ कोटमा बर्सेनि देखिने एउटा अनौठो धार्मिक तथा सांस्कृतिक परम्परा अब पुस्तकमार्फत दस्तावेजीकरण भएको छ । ध्यान र साधनाको बलमा मोटो फलामे लट्ठी खाली पन्जाले भाँच्ने तथा फलामलाई मैनजस्तै पगाल्ने शक्ति रहेको विश्वास गरिने कालाशिल्ला मष्ट र देहेडू देवताको महिमा, संस्कृति र इतिहास समेटिएको कृति ‘देहेडू: अलौकिक ऊर्जा’ लोकार्पित भएको छ ।