अधिवेशनमा सक्रिय सहभागिताका लागि देउवाको अपिल
नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन काँग्रेसका सबै सदस्यहरूलाई अपिल गरेका छन् । काँग्रेसको देउवा पक्षीय समूहको १५औँ महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन हुँदैछ ।