SHARE
पर्दाफास · बिहीबार १५ असो २०८३ ०३:०५ AM · 1 मिनेट पढाइ

भोटेकोशी विपत्तिपछि प्रधानमन्त्री राहत कोषमा १६ अर्बभन्दा बढी जम्मा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ पुगेको छ।