SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

अरब सागरमा भारतद्वारा ३ हजार करोडको लागुऔषध बरामद, पाँच पाकिस्तानी पक्राउ

भारतीय तटरक्षक बल (आईसीजी) र गुजरातको आतंकवादविरोधी दस्ता (एटीएस) ले अरब सागरमा ठूलो मात्रामा लागुऔषध बरामद गर्दै पाँच पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। लक्षद्वीपको पश्चिमतर्फ अरब सागरमा सेप्टेम्बर २५ मा गरिएको संयुक्त कारबाहीका क्रममा एउटा शंकास्पद इरानी धौ (परम्परागत मालवाहक डुंगा) लाई रोकेर करिब ५२६ किलोग्राम हेरोइन र मेथाम्फेटामिन बरामद गरिएको भारतीय अधिकारीहरूले बताएका छन्।