SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवीत देवी कुमारीको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको दर्शन गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले जीवीत देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गरे ।