SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाही साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट प्रहरीले धारिलो खुर्पासमेत बरामद गरेको थियो ।