बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ : डा.रेग्मी
मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताएका छन्। उनका अनुसार विशेषगरी ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा टन्सिलाइटिसको समस्या बढी देखिन्छ ।