SHARE
बुटवल टुडे · शुक्रबार​ १७ असो २०८२ ०१:३९ AM · 1 मिनेट पढाइ

आज एकादशीका दिन पनि दशैंको टीका र जमरा लगाइँदै

काठमान्डौ, १७ असोज । नेपालीहरूको महान चाड बडादशैंअन्तर्गत विजयादशमीको दिन सुरु भएको टीका र जमरा लगाउने परम्परा आज आश्विन शुक्ल एकादशीका दिन पनि निरन्तर रूपमा जारी छ । नवदुर्गाको प्रसादस्वरूप प्रदान गरिने टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाइने चलन रहेको छ । यो परम्परा अखिल बलि पूर्ति नभएसम्म कायम रहने धार्मिक विश्वास छ ।