SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०८:०३ AM · 1 मिनेट पढाइ

एमाले सचिवालय बैठक बिहीबार बस्ने

काठमाडौँ। नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, साउन २ गते हुने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक आह्वान गरिएको हो।