SHARE
बुटवल टुडे · शुक्रबार​ १७ असो २०८२ ०२:०३ AM · 1 मिनेट पढाइ

पाँच वर्षपछि भारत–चीनबीच पुनः सिधा हवाई सेवा सुरु हुँदै

काठमान्डौ, १७ असोज । भारत र चीनबीच पाँच वर्षको अन्तरालपछि पुनः सिधा हवाई सेवा सुरु हुने भएको छ । अक्टोबर २०२५ को अन्त्यसम्ममा सीधा उडान सुरु गर्ने सहमति दुई देशका नागरिक उड्डयन प्राधिकरणबीच भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।