SHARE
बुटवल टुडे · शुक्रबार​ १७ असो २०८२ ०२:१७ AM · 1 मिनेट पढाइ

चीनमा फेला परेको मानव खोपडी १० लाख वर्ष पुरानो भएको निष्कर्ष

काठमान्डौ, १७ असोज । चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो एक खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे प्रचलित धारणामा चुनौती प्रस्तुत गरेको छ । वैज्ञानिकहरूका अनुसार, आधुनिक मानवका पुर्खाहरू पहिला सोचिएभन्दा झन्डै चार लाख वर्ष अघिदेखि नै फरक–फरक समूहमा विभाजित भइसकेका थिए ।