SHARE
बुटवल टुडे · शुक्रबार​ १७ असो २०८२ ०३:१२ AM · 1 मिनेट पढाइ

आन्तरिक उडानको भाडादर सार्वजनिक,सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको

काठमान्डौ, १७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडपर्वका अवसरमा आन्तरिक उडानका लागि अधिकतम हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार र छठजस्ता मुख्य चाडको बेला हवाई टिकटको अत्यधिक माग र सीमित आपूर्तिका कारण अन्यायपूर्ण रूपमा भाडा बढ्न नदिन यस्तो कदम चालिएको हो ।