सवारीसाधनको ठक्करबाट पैदल यात्रीको मृत्यु
दाङ,१७ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मेट्रो कलेज नजिकै हरिपौरीमा सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अन्दाजी ६५ वर्षीय तुलसीपुर–१४ गोठुवाका सन्तु थारुलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलले ठक्कर दिएको हुन सक्ने अनुमान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
