SHARE
बुटवल टुडे · शुक्रबार​ १७ असो २०८२ ०४:२० PM · 1 मिनेट पढाइ

मानसिक स्वस्थ्य दिवसमा लायन्स डिष्ट्रिकको सप्ताहब्यापी कार्यक्रम

बुटवल, १७ असोज । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा शनिबारदेखि सप्ताहब्यापी सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा डिष्ट्रिक गभर्नर बालाराम भटटराईले यो वर्ष “सानो कदम, ठूलो प्रभावः निरन्तर संवाद गरौं–सचेतना फैलाऔं” नारासहित लायन्सबाट विविध कार्यक्रम गर्न लागेको हो ।