SHARE
बुटवल टुडे · शनिबार १८ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

टिकाको तेस्रो दिन: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।