मुग्लिन–नागढुंगा सडकखण्डको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा
काठमाडौँ । मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। शनिबार बिहान ५ः५५ बजे खसेको पहिरो हटाएसँगै सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। यता मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलाको सडक एकतर्फी बनेको छ। त्यहाँ शनिबार बिहानै पहिरो झरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
