SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०८:२८ AM · 1 मिनेट पढाइ

चिनियाँ भूमिमा अलपत्र चालकहरू तातोपानी नाकाबाट ल्याइने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले रसुवामा बाढीका कारण चिनियाँ भूमिमा अलपत्र परेका नेपाली चालकहरूलाई तातोपानी नाका हुँदै उद्धार गर्ने तयारी भइरहेको बताएका छन्। बुधबार धादिङ चालक संघले बुझाएको ज्ञापनपत्रमा मन्त्री लेखकले उक्त आश्वासन दिएका हुन्।