SHARE
बुटवल टुडे · शनिबार १८ असो २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

पाँचथरमा दुर्घटना : ६ जनाको मृत्यु, ६ जनाको उद्धार

बुटवल, १८ असोज । पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडाबाट पहिराेमा बोलेरो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ। ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ। ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो दुर्घटना भएको थियो।