SHARE
बुटवल टुडे · शनिबार १८ असो २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

अविरल वर्षाका कारण देशभरका ६ सडकमा आवागमन रोकियो

काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ। पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ। लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन्।