मुग्लिन-नारायणगढ सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ। पहिरोको उच्च जोखिममा रहेको यस खण्ड शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधन आउजाउमा रोक लगाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायत अन्य स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सडक बन्द गरिएको डिभिजन कार्यालयले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
