SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

साउने संक्रान्तिमा कर्णाली प्रदेशभर सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार, बिहीबार प्रदेशका सबै सरकारी कार्यालय र सार्वजनिक संघ–संस्थाहरू बन्द रहने छन्।