SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाखको बजेट पारित

 काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८औं बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकमा रजिष्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट सर्वसम्मतिले पारित भएको हो।