SHARE
Samata Press · सोमबार १२ असो २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

लोक सेवा आयोगबाट प्रशासन र न्याय सेवातर्फ २० जना उपसचिव सिफारिस (सूची)

काठमाडौँ । लोक सेवा आयोगले खुला प्रतिस्पर्धामार्फत प्रशासनतर्फ ११ जना र न्याय सेवातर्फ नौ जना गरी २० जनालाई उपसचिव वा सो सरहको पदमा सिफारिस गरेको छ । न्याय सेवातर्फ खुला तथा समावेशी समूहबाट नौ जना सिफारिस भएका छन् । जसमा सरकारी वकिल समूहमा दुई जना, कानुन समूहमा चार जना र न्याय समूहमा तीन जना सिफारिस भएका छन् । नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा ११ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा खुलातर्फ छ जना, आदिवासी जनजातितर्फ दुई जना तथा महिला, मधेसी र अपाङ्गतातर्फ एक–एक जना रहेका छन् । खुलातर्फ मनोज अधिकारी, कृष्णप्रसाद गौतम, अच्युत दाहाल, वाचस्पति सुनुवार, मनबहादुर थापा र प्रशान्त शाह सिफारिस भएका छन् । त्यस्तै, आदिवासी जनजातितर्फ अन्जु चौधरी र अञ्जली लिम्बु सिफारिस भएका छन्। महिलातर्फ अनामिका रौनियार, मधेसीतर्फ रवीन्द्रप्रसाद यादव र अपाङ्गतातर्फ रोहित भट्टराई सिफारिस भएका छन् । नेपाल न्याय सेवा, सरकारी वकिल समूहतर्फ खुला समूहबाट अनिता खरेल र मेलिस बास्कोटा सिफारिस भएका छन् । न्याय सेवाकै कानुन समूहतर्फ खुलातर्फ निशा न्यौपाने र चिरञ्जीवी बस्नेत सिफारिस भएका छन्। सोही समूहको महिलातर्फ हुमावती ढकाल र मधेसीतर्फ सृजना सिंह सिफारिस भएका छन् । यस्तै, न्याय सेवाको न्याय समूहमा खुलातर्फ तिलक पौडेल र दीपेश खनाल तथा आदिवासी जनजातितर्फ विकेश महर्जन सिफारिस भएका छन् ।